गुल्मी, २ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलले शिक्षाले समाज बदल्ने र समाजले राष्ट्र बदल्ने बताएका छन ।
आज गुल्मीमा फरक क्षमता भएका बालबालिकाको लागि चार कोठे पक्की विद्यालय भवनको उद्घाटन गर्दै सो कुरा बताएका हुन ।
नेपाल सरकार पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा ६९ लाख ७८ हजार १ सय १२ रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो ।गुल्मीको ११ वटा स्थानीय तहका ३२ जना फरक क्षमता भएका बालबालिकाहरु अब नवनिर्मित भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् ।
०३१ सालमा स्थापना भएको उक्त विद्यालयमा ०५९ सालदेखि मात्रै फरक क्षमता भएका विद्यार्थीहरुलाई पढाउने व्यवस्था मिलाइएको थियो ।










प्रतिक्रिया दिनुहोस्