काठमाडौँ, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन ।
वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको बताउर्दै कडा कारवाही गर्न पनि सरकारसँग माग गरेका छन् ।
स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरुमाथि कडा कारवाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ । उनले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको समेत आरोप लगाएका छन ।
उनले भने, ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन्, ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’










प्रतिक्रिया दिनुहोस्