राजनीति

भक्तपुरको घरदैलोमा नेकपा उत्साहितः नेताहरुले गरे भारी मतका साथ चुनाब जित्ने उद्घोस



भक्तपुर, २ मंसिर । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको प्रचार प्रसार तिव्र वनिरहेको बेला भक्तपुर क्षेत्र नं १ .क का जनताले निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा हाई हाई हुने अरु राजनीतिक दल भक्तपुरबाट वाई वाई हुने स्पष्ट रहेको बताएको छन् ।

भक्तपुर क्षेत्र नं१ क निर्वाचन प्रचार प्रसार समितीको आयोजना गरेको चुनावी घरदैलो कार्यक्रमका क्रममा जनताले आफ्नो मत सुरक्षित र प्रभावकारी हुने राजनीतिक नेकपाको सूर्य चिन्हका उम्मेदवार डिपी ढकाललाई विजयी गराउने स्वतस्फूर्त उद्घोष गरेका छन् । सयौंको स्वतस्र्फुत निस्किएको स्थानीयवासीको टोलीले गाउँ गाउँमा चुनावी प्रचार प्रसार गरेको छ ।

आज चाँगुनारायण नगरपालिकाको वडा नं ४ मा आयोजीत चुनावी प्रचार प्रसार कार्यक्रममा उल्लासमय रहेका स्थानीयवासीको साथमा नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको सारथी नेकपा भएको बताउँदै दुखी र गरीब जनताको हातमा हात काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै उपनिर्वाचनमा नेकपाको उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन जनतालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले नेकपा विकास र समृद्धिको साथमा राष्ट्रियतालाई सुदृढ गर्न सक्ने पार्टी भएको उल्लेख गर्नुभयो । देशमा नै रोजगारी तथा आर्थिक समृद्धिका विशेष अभियान सञ्चालन गरिरहेको जानकारी गराउँदै उहाँले देशमा नै उत्पादनको विकास गरी बजारको विस्तार गर्न सक्ने एउटै मात्र पार्टी नेकपा भएको ठोकुवा गर्नुभयो ।

त्यस्तै कार्यक्रममा सांसद बस्नेतले डिपी ढकाल विजय उन्मुख रहेको जानकारी गराउँदै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको लागि नेकपाको अर्को कुनै विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपाको उम्मेदवार डिपी विजयी उन्मुख हुनुहुन्छ । ढकाल १० केजी तौलको हो भने अरुको उम्मेदवार एक केजीको मात्र हो ।’ उहाँले भक्तपुरको समृद्धिको सहजिकरण गर्ने नेकपाको उम्मेदवार ढकाल बताउनुभयो ।