समाचार

बस दुर्घटना हुँदा १४ जना घाइते



बाँके, २ मंसिर । बाँकेमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

सोमबार बिहान राप्ती सोनारी गाँउपालिका-१ कुसुममा ना५ख ६४४९ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा १४ जना घाइते भएका छन्  भने घाइतेमध्ये रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका-६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाइएको प्रहरीको जनाएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।