काठमाडौँ, ३ मंसिर । पछिल्लो समय छिमेकी मुलुक भारतले जारी गरेको देशको नक्सामा नेपालको भूमिमात्र नभई चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चिनिया थिंक ट्यांक तथा प्राध्यापकहरुले सोमबार नेपाली पत्रकारहरुसँग भारतले चीन र पाकिस्तानको भूभागसमेत नयाँ नक्सामा हालेको उल्लेख गरेका छन् ।
आइतबार प्रेस काउन्सिल नेपालको हलमा आयोजित छलफल कार्यक्रममा चाइना इस्टिच्युट अफ फुदान विश्वविद्यालयका निर्देशक तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ प्राध्यापक झाङ वेइवेइले छिमेकी सबै मुलुकसँग भारतको सीमा समस्या रहेको बताए । भारतले भुटानबाहेक अरु सबै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको समेत उनको भनाइ थियो ।
चाइनिज एकेडेमी अफ इन्टरनेशन ट्रेड एण्ड इकोनोमिक ओअपरेशनका उप निर्देशक झु काइहुवाले नेपाली भूमि भारतले मिचेको बारेमा चीन जानकार रहेको बताए । उनले नेपाली भूभागमात्र होइन लद्दाखको नक्सामा चीन र पाकिस्तानको भूभाग समेत भारतले आफ्नोमा देखाएको बताए । भारतको सो नक्साका बारेमा चीनले आधिकारिक रुपमा आपत्ति जनाएर त्यसलाई अस्वीकार गरिसकेको समेत उनले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्