बारा, ३ मंसिर । बारामा अवैध लागूऔषध गाँजासहित एक जना पक्राऊ परेको छ ।
सोमबार पचरौता नगरपालिका-७ भवानीपुर टोलबाट ५ केजी गाँजासहित पचरौता नगरपालिका बेनौलीका २५ वर्षीय कृष्ण साहलाई प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीको टोलीले पक्राऊ गरेको हो ।
पक्राऊ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्