ताप्लेजुङ, ३ मंसिर । ताप्लेजुङमा आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
सोमबार राति मादक पदार्थ सेवन गरी घरायसी बिबादमा भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्ने मैवाखोला गाउँपालिका-१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
छुरा प्रहारबाट घाइते भएका सन्तोषलाई उपचारको लागि जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्