समाचार

बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ



नवलपरासी, ३ मङ्सिर । नवलपरासीमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने सुनवल नगरपालिका-६ विसासयका कुमबहादुर गुरुङलाई पक्राऊ गरेको हो ।

घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको उनको आफन्तले बताएका छन् ।

बालिकाको पृथ्वीचन्द अस्पतालमा मेडिकल परीक्षण गरिएको छ । पक्राउ परेका गुरुङविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।