समाचार

बालाजुमा चोरी गरिरहेको अवस्थामा एकजना पक्राउ



काठमाडौँ, ४ मंसिर ।  काठमाडौँको बालाजुबाट सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा सिन्धुलीका २३ वर्षीय कुमार भुजेललाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राऊ गरेको हो ।

पक्राऊ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।