धनुषा, ४ मंसिर । नेपाल प्रहरीले धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको विशेष टोलीले चोरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।
त्यस्तै, चोरीमा संलग्नको आशंकामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–१ मुसहरी टोलका २५ वर्षीय काशिन्द्र सदा, शहीद नगरपालिका –२ का २० वर्षीय विजय यादव, विदेह नगरपालिका–२ बस्ने २० वर्षीय राजन यादव, महोतरीको बर्दिबास–१३, भेडियाही बिजलपुराका २३ वर्षीय अरुण कुमार राउत, सोही स्थानका २२ वर्षीय सुनील कुमार चौधरी, १९ वर्षीय रामपुकार भण्डारी र महोत्तरीकै औरही नगरपालिका–३ का मनोजकुमार ठाकुर पनि मोटरसाइकलल चोरीको अभियोगमा पक्राउ परेको धनुषा प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्