समाचार

दुई वटा अमेरिकन पेस्तोलसहित एकजना पक्राउ



सिरहा, ६ मंसिर । सिरहामा दुई वटा अमेरिकन पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार मध्यराति गस्तीमा निस्केको प्रहरी टोलीले उनलाई ७ र ९ एमएमको दुई अमेरिकन पेस्तोल तीन थान म्यागजिन र दुई थान गोलीसहित कल्याणपुर नगरपालिका ३ इटारी का २१ वर्षीय अहमद मियाँलाई पक्राऊ गरेको हो ।

मियाँले कहाँबाट पेस्तोल ल्याए भन्ने खुलिसकेको छैन । पक्राउ परेका मियाँलाई हिरासतमा लिई हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।