राजनीति

कालापानी विवादमा सरकार कानमा तेल हालेर बस्यो : सभापति देउवा



पोखरा, ८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी विवादमा सरकार कानमा तेल हालेर बसेको आरोप लगाएका छन ।

पोखरा-१६ मा आयोजित उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्वोधन गर्दै सभापति देउवाले भने, हामीले प्रधानमन्त्री स्वयंलाई भेटेर भारतले मिचेका भूभाग फिर्ता ल्याउन पहल गर, हामी साथ दिन्छौं भन्यौं । सडकबाट आन्दोलन गरेर सरकारका बन्द आँखा र कान खोल्न खोज्यौं तर सरकार मौन छ । कानमा तेल हालेर बसिरहेको छ ।’

कम्युनिष्ट सरकारले जनताका हक अधिकार खोस्ने काम गरेको, न्यायालय, प्रेस, संवैधानिक अंगहरूमा हस्तक्षेप गर्न उद्धत रहेको आरोप लगाए । देउवाले ओलीको राष्ट्रवाद लिपुलेक र कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाए ।

देउवाले तपस्वी नेता खेमराज पौडेललाई न्याय दिने दायित्ज कास्कीका जनताकोहातमा रहेको बताए । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई धोका दिने कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने स्पष्ट पारे । अनेक भ्रम छरेर अघिल्लो चुनाव जितेपनि अब कम्युनिष्टलाई जनताले राम्रोसँग बुझिसकेको उनले बताए ।