समाचार

कलेजको होस्टलमा गोलीसहित पेस्तोल फेला



काठमाडौँ, ८ मंसिर । चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहित पेस्तोल फेला परेको छ ।

चितवन प्रहरीका अनुसार शनिबार दिउँसो मेडिकल कलेजको होस्टलबाट मेड इन युएसए लेखिएको हतियारसँगै केही राउन्ड गोली फेला परेको हो ।

सो हतियार कसको र कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन।

चितवन मेडिकल कलेजमा चिकित्सा शिक्षा संघर्ष समिति सक्रिय छ । प्रकाश चन्दको नेतृत्वमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीद्वारा गठित समितिले मेडिकल कलेजले उठाइरहेको गैरकानुनी शुल्कको विरोध गरिरहेका छन् ।