विराटनगर, ९ मंसिर । प्रदेश १ का मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि ‘यात्रा पूर्व’को शुभारम्भ भएको छ ।
प्रदेश १ सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ’इमाजिन नेपाल’को सहकार्यमा सुरु भएको एक हप्ते यात्रामा बैंकरदेखि पूर्वमिस एसियासहित विभिन्न क्षेत्रका ७० जना व्यक्तित्वको यात्रामा सहभागी रहेको छ । यात्रा पूर्वकोमा सहभागी भएका अतिथिलाई आइतबार भव्य समारोहबीच प्रदेश १ को राजधानी विराटनगरमा स्वागत गरिएको छ ।
प्रदेश १ सरकारको तर्फबाट स्वागत गदै मुख्यमन्त्री शेरधन राईले प्रचुरमात्रामा पर्यटकिय क्षेत्र रहेको यस प्रदेशको यात्राले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रचार र प्रवर्द्धनमा यात्राले टेवा पुग्ने बताउदै उनले सरकारले घोषण गरेको २०२० पर्यटन वर्षमा पनि यात्रामा सहभागी टोलीलाई प्रदेश नं १ आएर पुनः घुम्नका लागि आग्रहसमेत गरे ।
मुख्यमन्त्री राईले यात्रामा सहभागीहरुलाई खादाले अभिनन्दन समेत गरका थिए । यात्रामा सहभागी नबिल बैंकका सिइओ अनिलकेशरी शाहले प्रदेश सरकारले आफ्ना ठाउँको प्रचारको लागि ल्याउने प्रयासको नविनतम सोचले यस क्षेत्रको पर्यटकिय स्थानको प्रचार प्रसारले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।










प्रतिक्रिया दिनुहोस्