भक्तपुर, ९ मंसिर । श्री युवा बचत तथा ऋण सहकारी संस्था लि. ले २१औं स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा संस्थाको प्रांगणमा आयोजित कार्यक्रममा २२ महिलासहित ८२ जनाले रक्तदान गरेको संस्थाका सचिव सोम शर्मा (बजगाईं) ले जानकारी दिनुभयो ।
प्रत्येक १८ बर्ष उमेर पुगेका युवाले आफ्नो जन्मोत्सवस“गै रक्तदानको शुभारम्भ गरौं भन्ने सन्देश प्रवाह गर्न र रगतको अभाव न्यूनिकरण गर्न रक्तदानको आयोजना गरिएको कार्यक्रम संयोजक सुरेश कार्कीले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्