कास्की, ९ मंसिर । पोखरा महानगरपालिकाको वडा नम्बर ३३ का वडाध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको छ ।
अज्ञात व्यक्तिद्वारा सोमबार बिहानै बरिब पौने ३ बजेतिर बम बिस्फोट भएको हो । विस्फोटबाट वडाध्यक्षको गाडी क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका-१७ बिरौटास्थित आचार्यको घरको कम्पाउन्डमा पार्किङ गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलक्स गाडी बमको धमाकामा परी क्षतीग्रस्त भएको हो । क्षतिको यकीन विवरण खुलिसकेको छैन भने विस्फोटमा संलग्न व्यक्तिको पहिचान पनि हुन सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्