राजनीति

पैसा नभएर ज्यान गुमाउने अवस्था नहोस् : मन्त्री ढकाल



काठमाडौँ, ९ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पैसा नभएर उपचार नपाउने अवस्था अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन  ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले रोगले धनी गरिब, सुगम दुर्गम, ठूलो सानो नभन्ने भएकाले पैसै नभएर उपचार पाउन नसक्ने र ज्यानै गुमाउनुपर्ने अवस्था कसरी अन्त्य गर्न सकिन्छ भन्नेबारे अध्ययन र विज्ञको राय लिने काम सुरु गरेको बताएका हुन ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको कार्यक्रममा उहाँले बिरामी हुँदा उपचार गर्नै नसकेर ज्यान गुमाउने अवस्था अन्त्य गर्दै ‘बिरामी परेका बेला मेरो कोही नभए पनि राज्य छ नि’ भन्ने अनुभुति गराउनु राज्यको दायित्व भएकाले आफूले त्यसै अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन  ।