पोखरा, १० मंसिर । कास्की क्षेत्र नं. २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट उम्मेदवार रहनुभएकी विद्या भट्टराईले पाँच वर्षमा गर्ने काम आगामी तीन वर्षमा शतप्रतिशत पुरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको प्रचार प्रसारका क्रममा आफ्नो क्षेत्रमा भएको चुनावि सभालाई सम्बोधन गर्दै उम्मेदवार भट्टराईले पोखराको समृद्धिको लागि आवश्यक जस्तोसुकै कदम चाल्दै जनताको तिव्र विकास प्रतिको चाहना र इच्छालाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले समृद्ध नेपा सुखी नेपालीको अभिभारालाई बोक्दै विकसित र परिस्कृत पोखरा बनाउने स्व. रविन्द्र अघिकारीको सपनालाई साकार पार्न आफ्नो आगामी दिनहरु जनताको माझमा समर्पित हुने बताउँदै पोखरामा अब कुनै एक जना बुहारीको रुपमा नभई समृद्धिको अभियान कर्ताको रुपमा रहने उद्घोष गर्नुभयो ।
उहाँले पोखराको कर्म योद्धाको रुपमा काम गर्ने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको साथमा विकास र समृद्धिको कार्यमा जनतामा कुनै पनि कमि हुन नदिने अठोट व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्