राजनीति

२० सह–सचिवको दरबन्दी थप : १९ पहाडी जिल्लामा एसपी खटाइने (सूचीसहित)



काठमाडौँ, १० मंसिर । सरकारले २० जना सह–सचिवको दरबन्दी थपेको छ भने १९ पहाडी जिल्लाहरुमा एसपी खटाउने भएको छ ।

मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो । सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्व रहनेछ ।

गृहका अनुसार यो निर्णयसँगै पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा उप–सचिव तहका कर्मचारी सीडीओ हुनेछन् ।

हाल ती जिल्लामा उप–सचिव प्रमुख जिल्ला अधिकारी र प्रहरीतर्फ नायब उपरीक्षक (डीएसपी) प्रमुख रहँदै आएका छन् । सीडीओमा उप–सचिव राखिएसँगै नेपाल प्रहरीमा पनि जिल्लाको नेतृत्व प्रहरी उपरीक्षक (एसपी)मा पदोन्नति गर्ने तयारी छ । स्रोतका अनुसार सह–सचिव खटाइने जिल्लामा एसपीलाई खटाउन लागिएको हो ।