समाचार

चरेश नियन्त्रणमा लिने प्रहरीलाई पुरस्कारसहित सम्मान प्रदान



काठमाडौँ, १० मंसिर । बर्दियाको गुलरिया नगरपालिका वडा नं ८ पर्ने भन्सार रोडबाट ५८ केजी चरेश नियन्त्रणमा लिने प्रहरीलाई पुरस्कारसहित सम्मान प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाले गस्ति टोलिको नेतृत्व गर्ने प्रसनि सुनिल बस्याललाई रू १० हजार नगदसहित कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा  गरेको हो

त्यस्तै टोलिमा संलग्न प्रहरी हवल्दार नन्द किशोर बर्मालाई नगद एक हजार र प्रहरी जवान बिरेन्द्र खत्रीलाई आठ हजार नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं ८ मा पर्ने भन्सार रोडमा गत कार्तिक ३० गते ५८ केजी चरेस समातिएका कारण उनीहरूको मनोबल उच्च राख्न सम्मानित गरिएको हो ।