समाचार

घुस लिने र दिने दुवै जना पक्राउ



काठमाडौँ, १० मंसिर । काठमाडौँको साँखुबाट घुस लिने र दिने दुबै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगका अनुसार घुस लिएको आरोपमा शंखरापुर नगरपालिकाको वडा नं। ७ साँखु स्थित नापी कार्यालय साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र घुस दिएको आरोपमा सेवाग्राही ज्ञान बहादुर कार्कीलाई पक्राउ गरेको हो ।

सेवाग्राही कार्कीले जग्गाको ट्रेस नक्सा बनाई दिए वापत अमिन बुढाथोकीलाई ४ हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप  अनुसन्धान भईरहेको जनाएको छ ।