एजेन्सी, १० मंसिर । ६० जना डाक्टरहरुले लण्डन सरकारलाई खुला पत्र लेखेका छन् ।
यो पत्र सोमबार प्रकाशित भएको हो । उक्त प्रकाशित पत्रका अनुसार डाक्टरहरुले ४८ वर्षीय असान्जको जेलभित्र नै मृत्यु हुन सक्ने डर व्यक्त गरेका छन् ।
अस्ट्रेलियन मूलका असान्जलाई अमेरिका बेलायतबाट प्रत्यार्पण गर्न चाहन्छ । र, यसका लागि कानुनी लडाई लडिरहेको छ । असान्ज हाल लण्दनको बेलमार्श जेलमा रहेका छन् । डाक्टहरुले बेलायतका गृहमन्त्री प्रीति पटेलसमेत कयौँ अहम व्यक्तित्वहरुलाई पत्र लखेका छन् । पत्रमा असान्जलाई बेलमार्श जेलबाट बाहिर निकालेर युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ती गर्न अपिल गरेका छन् ।
असान्जमाथि जासूसी कानुन अन्तरगत आरोप लगाइएको छ । यदि अमेरिकामा दोषी करार गरिए उनलाई १ सय ७५ वर्षसम्मको जेल सजाय हुनसक्छ ।
डाक्टरहरुले १६ पेज लामो पत्रमा लेखेका छन्, ‘मेडिकल पेशासँग जोडिएको हुँदा हामी भन्न सक्छौँ कि जुलयिन असान्जको शारीरिक र मानसिक स्थिति गम्भीर छ । उनलाई तुरुन्त शारीरिक र मानसिक सहायताको आवश्यकता छ । यो कुनै राम्रो उपकरण भएको अस्पतालमा मात्र सम्भव छ । असान्जलाई युनिभर्सिटी टिचिङ अस्पतालमा स्थानान्तरण गर्न सकिन्छ । यदि राम्रो उपचार भएन भने उनको मृत्युसमेत हुन सक्छ ।’ पत्र लेख्नेमा अमेरिका, अस्ट्रेलिया, बेलायत, स्वीडेन, इटाली, जर्मनी, श्रीलंका र पोल्याण्डका डाक्टहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्