काठमाडौँ, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पताल पुगी जानकारी लिनु भएको छ ।
महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर जानकारी लिनुभएको हो । प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन सफल भएको र स्वास्थ्यमा राम्रो सुधार भई वर्तमान अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ ।
पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो ।डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आज अस्पतालमै राखिनेछ ।










प्रतिक्रिया दिनुहोस्