दाङ, ११ मंसिर । दाङको पहाडी भेगमा पर्ने बंगलाचुलीको बचेनीमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसका चालकसहित अन्य १२ यात्रु घाइते भएका छन् ।
मंगलबार बेलुकी दाङको घोराहीबाट प्यूठानको ढिकावनका लागि छुटेको ना ३ ख ६५४२ नम्बरको यात्रुवाहक बस घोराही(प्यूठान सडकखण्डको बचेनीमा दुर्घटना अन्दाजी २५ वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
मृतक महिलाको परिचय खुलेको छैन । घाइतेहरुलाई अहिले उपचारका लागि दाङको घोराहीतर्फ ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्