गुल्मी, ११ मंसिर । गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
मंगलबार साँझ सत्यवती गाउँपालिका-३ ठुलो लुम्पेकमा लु १ ज २७८४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मीटर तल खस्दा सत्यवति गाउँपालिका-२ थुम्काकी ६८ वर्षीया ललिती देवी सिंजालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ४ जनालाई उपचारको लागि पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको गुल्मी प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्