अर्घाखाँची, १२ मंसिर । सन्धिखर्क नगरपालिका–६ नरपानीमा बस दुर्घटनामा परी मृत्यु भएका १९ मध्ये ११ जनाको सनाखत भएको छ ।
सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा बुधबार दिउँसो दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेमा बस चालक कपिलवस्तुको बुद्धभुमीका ३१ बर्षीय ओम बहादुर थापा, बसमा सवार १८ बर्षीया माया पुरी, अन्दाजी ८ बर्षीया बालिका मोनिका खड्का, बलराम भट्टराई, छविलाल गैरे, ५६ बर्षीय शिवलाल भट्टराई, २७ बर्षीया सिता बस्नेत, २८ बर्षीय राज कुमार महत, २१ बर्षीय शैलेश थापा, सवारी धनी ३६ बर्षीय सन्त बहादुर बस्नेत र अन्दाजी ५ महिने नाबालिका रहेका छन् ।
८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ । घाइते भएका १८ जना मध्ये ९ जनाको युनिभर्सल कलेज अफ मेडिकल साईन्स अस्पतालमा र ६ जनाको बुटवल स्थित चौराहा अस्पताल प्रा।लिमा उपचार भैरहेको छ । २ जना भने उपचार पश्चात घर फर्किसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्