काठमाडौं, १३ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अर्काको जमीन एक इन्च पनि नचाहिँने बताएका छन् ।
मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका उनले भने, ‘हामीले विभिन्न प्रमाण पुगेको जमीनको मात्रै दाबी गरिरहेका छौ, प्रमाण नपुगेको जमीन एक इन्च पनि चाहिँदैन । ‘तथ्य र प्रमाणको आधारमा स्थापित भएको कुरा भारतले पनि स्वीकार गर्नुपर्दछ । हाम्रो सार्वभौमसत्तालाई न्यायोचित सम्मान गर्नुपर्दछ । तथ्यको आधारमा सत्य ठहरिएको विषयमा भारतसँग स्पष्ट रुपमा कुरा राख्छ । कालापानी मात्रै होइन सुस्ताको हकमा पनि यही कुरा हो ।’
ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको बताउदै उनले भने, ‘हाम्रो पुर्खाको नासोको रुपमा रहेको जमीनको अधिकार स्थापित गर्ने कुरा हो । भारतले हाम्रो सार्वभौमसत्ता स्वीकार गर्नुपर्दछ ।’










प्रतिक्रिया दिनुहोस्