एजेन्सी, १३ मंसिर । नेपाली मात्रै नभइ भारत बंगलादेशमा पनि प्याजको मूल्य बददै गएको छ ।
प्याजको मूल्य आकाशिएसँगे भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा एक सब्जी पसल फोडेर चोरले प्याज चोरेको छ ।
चोरहरूले पसलमा राखिएको पैसा भने छुँदा पनि छोएनन्, केवल प्याज, लसुन र अदुवा मात्रै लिएर भागे । हिन्दी न्यूज १८ को अनुसार अजय दासको पसलबाट ५० हजार बराबरको प्याज र लसुन चोरी भएको छ । भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्