काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।
आज उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिदै निजी चिकित्सक डा. दिब्या सिंह शाहले भनिन्, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सि वा भविश्यको कुरा समयले बताउँछ ।’
उपचारमा संलग्न डा. रमेश सिंह भण्डारीले भने, ‘संक्रमण पेटभरी फैलिएको थियो । लक्किली ठीक समयमा सबै हेरियो र चाँडै (अप्रेसनको) निर्णय लियौं ।’
चिकित्सकहरुकाअनुसार मिर्गौला प्रत्यारोपण गरेका विरामीहरुलाई एपेन्डिसाइटिस हुँदा जति ज्वरो आउनुपर्ने हो नआउने र त्यति दुखाई पनि महसुस हुँदैन । साथै एडेन्डिक्स फुट्दा पेटमा संक्रमण फैलने सम्भावना भने अरुलाई भन्दा बढी हुन्छ । यसैगरी डा. शाहले अप्रेसन गरेको विरामीमा धेरै रक्तस्राव वा संक्रमण नहोस् भनेर प्लेटलेट्स चढाइएको बताइन् ।










प्रतिक्रिया दिनुहोस्