राजनीति

स्वतन्त्र र निष्पक्षरुपमा मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउन आयुक्त दाहालद्वारा निर्देशन



भक्तपुर, १३ मंसिर । निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान केन्द्रमा खटिएका सबै कर्मचारीलाई निर्देशन दिएका छन ।

बिहीबार साँझ भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गर्दै आयुक्त दाहालले उक्त निर्देशन दिएका हुन ।

आयुक्त दाहालले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका हुन् । त्यसैगरी उनले मतगणनास्थल विद्युत् प्राधिकरण तालीम केन्द्र खरीपाटीको समेत अनुगमन गरेका थिए ।

मतगणनास्थलमा पनि सबैको नियमानुसार सहज प्रवेश तथा सूचना सम्प्रेषणको लागि सञ्चारमाध्यमलाई विशेष स्थान दिनुपर्नेमा उनले जोड दिए ।