समाचार

आइतबार सार्वजनिक बिदा



काठमाडौँ, १३ मंसिर । सरकारले आइतबार मंसिर १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा मंसिर १५ गते आइतबार प्रदेशमा बिदा दिने भएको हो । मंसिरमा विवाह पञ्चमीको अवसरमा एक दिन बिदा दिएको प्रदेश २ सरकारले यो बिदाको लगत्तै अर्काे बिदा दिने निर्णय समेत गरेको छ ।

अर्काे बिदा भने मंसीर १७ गते मंगलबार हुने भएको छ । गत मंसिर ११ गते बसेको मन्त्रीपरिषद् बैठकले बारा जिल्लास्थित प्रसिद्व गढीमाइको पञ्चबर्षीय मेलाको अवसर पारेर मंगलबार बिदा दिइएको मुख्यमन्त्री कार्यालय जनकपुरधामले जनाएको छ ।