समाचार

भरतपुर विमानस्थल १० दिन बन्द हुने



भरतपुर, १४ मंसिर । नागरिक उड्यन प्राधिकरण भरतपुरले १० दिन हवाई सेवा बन्द गर्ने भएको छ ।

यही मंसिर १५ देखि २४ गतेसम्म हवाई सेवा रोकेर धावनमार्ग मर्मतसम्भार गर्न गर्न लागिएको नागरिक उड्यन प्राधिकरण भरतपुरले जनाएको छ ।

धावनमार्ग ओभरले तथा पार्किङ विस्तारका लागि हवाई सेवा रोकेर काम गर्न लागिएको हो । मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको छ । पार्किङस्थल फराकिलो बनाइने बताइएको छ ।

प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरेको छ । गत वर्षकै कार्यक्रमको निरन्तरताअन्तर्गत धावनमार्ग ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो ।