समाचार

उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम बिस्फोट



दाङ, १४ मंसिर । उपनिर्वाचनलाई लक्षित गरी जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६ बम विस्फोट गराइएको छ ।

दाङमा क्षेत्र नम्वर ३ ख मा  प्रदेशसभा र  घोराही वडा नम्बर १६ वडाध्यक्षका लागि आज मतदात हुदैछ । निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो ।

बिहान  बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको र बिस्फोटबाट कुनै क्षति भने नभएकोप्रजिअ गोबिन्दप्रसाद रिजालले जनाएका छन ।

कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको छैन ।