काठमाडौँ, १५ मंसिर । पार्किङ गरी राखेको गाडी अचानक गुड्दा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका(९ तिलगंगा सत्यसाई प्यालेस अगाडि बा.१ प १०१५ नम्बरको गाडी पार्किङमा गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा।१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बा।१ प १०१५ नम्बरको गाडीका सह(चालक भक्तपुर चाँगुनारायण नगरपालिका(४ घर भएका २५ वर्षीय अभिषेक तामाङ रहेका छन् । गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्