समाचार

विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



बर्दिया, १५ मंसिर । विजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बर्दियाको राजापुर नगरपालिका(१० मंगलपुरस्थित सडकमा बा।७४ प २७१३ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किदा  मोटरसाइकल चालक संगम चौधरीको नर्सिङहोम अस्पताल बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।