पोखरा, १५ मंसिर । कास्की क्षेत्र नं. २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उम्मेदवार विद्या भट्टराई (अधिकारी) अत्याधिक मतका साथ विजयी हुनुभएको छ ।
शनिवार भएको उपनिर्वाचन मध्ये सवैको चासोको स्थानको रुपमा रहेको कास्की क्षेत्र नं. २ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई ८ हजार चार सय नौं मतको फराकिलो मत अन्तरले भट्टराई विजयी हुनुभएको छ । शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एकमात्र प्रतिनिधिसभा सदस्यका लागि भएको कास्की–२ मा नेकपाकी उम्मेदवार भट्टराई विजयी हुनुभएको हो ।
भट्टराई अधिकारी (सूर्य चिन्ह)ले २४,३९४ मत प्राप्त गरि नेपाली कांग्रेसका उमेदबार खेमराज पौडेल भन्दा ८४०९ को फराकिलो मत अन्तरले बिजयि हुनु भएको छ । कांग्रेसका उम्मेदवार पौडेलले १५ हजार नौं सय ८५ मत प्राप्त गर्नुभयो ।
यता समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११ सय ५३ र साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएकी छन् ।










प्रतिक्रिया दिनुहोस्