Banner News

लोकतान्त्रिक आन्दोलनमा अपाङ्गहरूको योगदान साहिसक र महत्वपूर्ण : सभापति देउवा



काठमाडौँ, १७ मंसिर । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालकाे लोकतान्त्रिक आन्दोलनमा अपाङ्गहरूको योगदान साहिसक र महत्वपूर्ण रहेकाे बताएका छन ।

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा शुभकामना व्यक्त गर्दै भनिएको छ, ‘नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्ग दिदीबहिनी तथा दाजुभाइहरुले पुर्याउनु भएको साहसिक र महत्वपूर्ण योगदानको नेपाली कांग्रेस उच्च सम्मान गर्दछ ।’ उहाँहरुमा अन्तरनिहित क्षमता, दक्षता, शीप, योग्यता मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा सदुपयोग गर्न सकियोस् भन्दै अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्ण सफलताको शुभ–कामना व्यक्त गर्दछु ।’

‘उहाँहरु (अपांगहरू) को शिक्षा, स्वास्थ्य, रोजगारीको समुचित प्रबन्ध, सामाजिक सुरक्षा र सम्मानपूर्वक जीवनयापनका लागि नेपाली कांग्रेस सदैव क्रियाशील रहिरहने छ ।’

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर- ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रम गरी मनाइँदै छ । ‘दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य’ भन्ने राष्ट्रिय संकल्पका साथ याे दिवस मनाइँदै छ ।