मकवानपुर, १७ मंसिर । गढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान मनकामना सामुदायिक वनको जङ्गलमा मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९/४० वर्षीया प्रीतिमायाको शव फेला परेको हो ।
यही मंसिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्