काठमाडौँ, १७ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले पाङ्गता भएका मानिसहरुको सुरक्षित जीवनको सुनिश्चितता गरिनु पर्ने बताएका छन् ।
आज काठमाडौँमाँ एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले फरक क्षमता भएका व्यक्तिहरुका लागि संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् ।
उपराष्ट्रपति पुनले नेपालको संविधानले दिएका अधिकारहरुको कार्यान्वयनमा जोड दिदै उनले नेपालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न प्रयासहरु गरेको र संविधानले विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हकको सुनिश्चितता गरेको बताए ।
उनले अपाङ्गता भएका मानिसहरुको मानवअधिकार र सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्ने र अन्य नागरिक सरह व्यवहार गरिएमा फेरि पनि स्टिफन हकिङजस्ता महान व्यक्तिहरुको जन्म हुने बताए ।
प्रतिक्रिया दिनुहोस्