काठमाडौँ, १९ मंसिर । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र उनलाइ चिकित्सकीय निगरानीमा राखिएको चिकित्सकले जनाएका छन् ।
सेन्टरका कार्यकारी निर्देशक प्रा डा. उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा अनुसार महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार देखिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्