Banner News

जहाँ जनताले बाटो नबनेर दु:ख पाएका छन् त्यहाँ अनशन बस्छु : अध्यक्ष दाहाल



काठमाडौँ,२० मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने बताएका छन् ।

बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका अध्यक्ष दाहालले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘जहाँ पनि अनशनमा बस्छु भनेको छैन । दुई ठाउँमा भनेको छु । जहाँ जनताले बर्षौंदेखि सामान्य बाटो पनि नबनेर दु:ख पाएका छन् त्यहाँ साँच्चै अनशनमा बस्छु ।’

सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने अवस्था रहेको भन्दै उनले प्रदेश नम्बर २ को पिपरामा बाटो बनेन भने साँच्चै अनशन बस्ने बताएका हुन् ।