एजेन्सी, २० मंसिर । सुडानमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ ।
राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् । कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय रहेको खुल्न आएको छ ।
भारतीय विदेशमन्त्री एस.जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।
प्रतिक्रिया दिनुहोस्