एजेन्सी, २० मंसिर । उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपको सबैभन्दा अग्लो शिखर मानिने माउन्ट पेक्टुको सेतो घोडा चढेर यात्रा गरेका छन् ।
नेता उनले आफ्नी पत्नीसहित माउन्ट पेक्टुको आरोहण गरेका हुन् । माउन्ट पेक्टु पर्वत र सेतो घोडा किम परिवारको वंश परम्परा र नियमसँग जोडिने प्रतिकको रुपमा लिने गरिन्छ ।
उत्तरकोरियाली सरकारी समाचार एजेन्सीहरुका अनुसार त्तरकोरियाको विदेश मन्त्रालयले मंगलबार यो वर्षको अन्त्यमा नेता उनको भ्रमणले केही संकेत गर्न खोजेको जनाएको छ । किमको पछिल्लो पर्वतीय यात्रा यो वर्षको अन्त्यतिर भएको छ, जुन यात्रामा किमले वासिङटन्ले अघि सारेको आणविक कूटनीतिमा नयाँ प्रस्तावहरू अघि सार्ने सम्भावना देखिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्