समाचार

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



दाङ, २२ मंसिर । दाङमा रोकिराखेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

शुक्रबार राति रा २ प १९५० नम्बरको मोटरसाइकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्रयाक्टरमा ठोक्किँदा घोराही उपमहानगरपालिका-८ का १९ वर्षीय रेशम वलीको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरमा ठोक्किँएर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकलको पछाडि सवार घोराही उपमहानगरपालिका-१० का १८ वर्षीय अमृत चौधरी घाइते भएका छन् । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।