सुनसरी, २२ मंसिर । इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा आगलागी भएको छ ।
इलाका प्रहरी कार्यलय इटहरीका अनुसार सुर्य कम्प्लेक्सस्थित बिग बार रेष्टुरेण्टमा लागेको आगोले बिग बार नष्ट भएको छ । रातिको १ बजे लागेको आगो साढे तीन घण्टापछि ९ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको छ ।
विराटनगर, दमक, सप्तरी, धरानको २ वटा, दुहवी, महेन्द्रगर, सुन्दरहरैचा र इटहरीको गरि आगो निभाउन ९ वटा दमकल प्रयोग गरिएको थियो । आगलागि भएलगत्तै जुटेका स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलले तीन घण्टा लगाएर आगो निभाएका हुन् ।
बन्द रहेको बिग बार रेष्टुरेण्टमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्