चितवन, २२ मंसिर । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा मृत्यु भएका ५ मध्ये ४ जनाको परिचय खुलेको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
चितवन प्रहरीका अनुसार शनिबार बेलुकी चेपाङमार्गबाट चौकीडाँडाका लागि छुटेको ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्बत स्थायी घर भई चितवनकै खैरहनी नगरपालिका ८ बस्दै आएका ४९ वर्षका श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका ९ का ४२ वर्षका विश्वमणी भण्डारी, राप्ती नगरपालिका ९ का २५ वर्षकीया मीना खड्का र ३२ वर्षीया माया तामाङको मृत्यु भएको हो ।
अन्दाजी ४० वर्षीया महिलाको भने परिचय खुल्न बाँकी छ । दुर्घटनामा घाइते चितवन खैरहनी ३ का २६ वर्षका मणिराम गिरीको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।










प्रतिक्रिया दिनुहोस्