लमजुङ, २२ मंसिर । लमजुङको पाउदीमा आइतबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
लमजुङकै बेसीसहरबाट गोरखातर्फ जाँदै गरेको बस सडकबाट करिब सय मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको र घाइतेमध्ये गम्भीर अवस्थाका चार जनालाई भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा एक महिला रहेको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ । दुर्घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार इन्जिन चालु अवस्थामै राखेर रोकिराखेको बसबाट चालक झरेपछि आफैँ बस गुड्दा सडकबाट खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्