Banner News

सरकार सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्ने तर्फ केन्द्रित छ : अध्यक्ष दाहाल



काठमाडौँ, २३  मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको बताएका छन ।

काठमाडौँको दहचोकमा श्रीकृष्ण माविको बिद्यालय भवन उद्घाटन गर्दै उनले आफुहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने  बताउदै राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिए ।

व्यवसायीक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने होइन, सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन मिल्ने बताए ।