एजेन्सी, २३ मंसिर । महिनौदेखि सरकार विरोधी प्रदर्शन हुँदै आएको हङकङमा हिजो ठूलो प्रदर्शन भएको छ ।
आयोजकहरुले प्रदर्शनमा ८ लाख मानिसको सहभागी भएको जनाएका छन् । जबकी प्रहरीले प्रदर्शनमा १ लाख ८३ हजार सहभागी रहेको अनुमान गरेको छ । यो संख्या अगस्टबाट शुरु भएको सरकार विरोधी प्रदर्शनमा हालसम्म सबैभन्दा ठूलो सहभागिता हो ।
प्रहरीले अनुमति दिएपछि प्रजातन्त्र समर्थक सिलिभ ह्युमान राइट फ्रान्टले आइतबार प्रदर्शनको आयोजना गरेको थियो । प्रहरीले प्रदर्शनअघि छापा मारेर ११ जनालाई पक्राउ गरेको छ ।
सुपुदर्गी सन्धिको विरोधमा प्रदर्शन शुरु भएको सो प्रस्ताव फिर्ता लिएपनि हालसम्म रोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस्