काठमाडौँ, २४ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमा अनियमितता गर्न आगामी दिनमा कसैले पनि नपाउने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य पत्रकार मञ्च र स्वास्थ्यसम्बन्धी समाचार लेख्ने पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै मन्त्री ढकालले राजनीति गरेर प्राप्त भएको पदलाई दुरुपयोग गरेर कमाउ धन्दामा नलाग्ने बताए ।
उनले भने, ‘मलाई कमाउ धन्दा गर्न आवश्यक छैन,’ उनले भने, ‘जुन दिन मलाई खान पुग्दैन त्यस दिनबाट राजनीतिबाट हात धोएर व्यवसायमा लाग्छु ।’ कर्मचारी संयोजनले आक्रान्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा समस्या धेरै भए पनि समाधानको बाटो पहिल्याउँदै जाने बताए ।उनले भने, ‘अप्रेसन गर्दा बेहोस बनाउने तालिम प्राप्त स्वास्थ्यकर्मी स्थानीय तहमा फाइल बोकेका छन्, ‘स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सही स्थानमा संयोजन गर्न आवश्यक छ ।’
‘आगामी दिनमा स्वास्थ्य मन्त्रालय व्यक्तिवादमा चल्दैन, ‘नियमसंगत भएर मन्त्रालयको कामकारवाही प्रभावकारी ढङ्गबाट आगाडि बढछ ।’
स्वदेशी तथा विदेशी साझेदारी सङ्घसस्थासँग समवन्य गरेर स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा आवश्यकता अनुसार विदेशमा पठाउने उनले बताउदै उनले भने, ‘अनावश्यक रुपमा एउटै व्यक्तिलाई विविध कार्यक्रममा विदेश जान पाउने छैन, ‘पहुँच र अवसर होइन आवश्यकता अनुसार स्वस्थ ढङ्बाट विदेश पठाउनुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्